छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छथर पत्रकार समाजको अध्यक्षमा प्रकाश पाक्साँवा

तेह्रथुम । प्रकाश पाक्साँवा छथर पत्रकार समाजको अध्यक्षमा चयन भएका छन् ।

बिगत एक दशक देखि क्रियाशिल रूपमा संचालनमा आएको छथर पत्रकार समाजको आइतबार सम्पन्न भेलाले पाक्साँवालाई अध्यक्षमा चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा रेवत पारघरी, सचिवमा विनोद भट्टराई , सह–सचिवमा बाला भट्टराई, कोषाध्यक्षमा बालिका तिगेला चयन भएका छन् ।

सदस्यहरुमा महेन्द्र मादेन, सुजन आङ्खेवा, रमेश बस्नेत, होम पारघरी, सुरज पोख्रेल र राजिव जोसीलाई चयन गरेको छ ।

यस्तै सल्लाहकार समितीमा उद्धव तिम्सिना, कृष्ण बिदुखी गौतम र टि आर सेनेहाङ लाई चयन गरेको पत्रकार तथा छथर पत्रकार समाजका नवनिर्वाचित उपाध्यक्ष रेवत पारघरिले जानकारी दिए ।

तेह्रथुमको छथर क्षेत्रमा रहि विभिन्न संचार माध्यममा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हक हित र प्रेस स्वतन्त्रतालाई संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको छथर पत्रकार समाजले क्रियाशिल पत्रकारहरुको भेला गर्दै प्रकाश पाक्सावाँको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्माण गरेको छ ।

पाक्साँवा करिब डेढ दशक यता कृयाशिल पत्रकारिता गर्दै आएका छन । अहिले उनी इमेज टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत छन ।

आगामी पत्रकार महासंघको चुनावमा व्यवसायिक पत्रकारहरुको प्रतिनिधित्व हुनुपर्नेमा भेलामा सहभागी पत्रकारहरुले जोड दिएका छन् ।

सम्बन्धित खवर