पान्थरको सुलुम्फिमा ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको सुलुम्फिमा ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते

पान्थर । पञ्चमी–यासोक सडक खण्ड अन्तर्गत फाल्गुनन्द ५ को सुलुम्फिमा बुधबार ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा इलाम फाकफोकथुम– ७,निवासी डम्बर बहादुर ईम्सुहाङका छोरा अन्दाजी वर्ष २२ का पदम ईम्सुहाङ रहेका छन् ।

मे १ ज ४१६ नम्बरको ट्याक्सी यासोकबाट दमक जाने क्रममा विहान करिब ९ः३० बजे विहान उकालो बाटोमा ब्रेक फेल भइ पछाडी बग्दा सडकमा पल्टिएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज रामनारायण माझीले जानकारी दिए ।

घाइतेलाई घुर्बिसेमा रहेको फाक्तेप स्वास्थ्य चौकीमा प्राथमिकता उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको उनले बताए ।

गाडीमा सवार अन्य यात्रीको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित खवर