मुक्कुमलुङ संरक्षणका लागि दमकमा अन्तरक्रिया सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङ संरक्षणका लागि दमकमा अन्तरक्रिया सम्पन्न

दमक । धार्मिक शक्तिपिठको रुपमा ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा)लाई संरक्षण गर्नका लागि अन्तरक्रिया सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ झापाको समन्वयमा मुक्कुमलुङ संरक्षणका लागि आगामी कदम कस्तो रहने भन्नेबारेमा मंगलबार दमकमा अनतरक्रिया सम्पन्न गरेको हो ।

मुक्कुकलुङ र लिम्बु जातिको सम्बन्धका बारेमा प्रष्ट पार्दै मुक्कुमलुङ संरक्षण अभियानका सल्लाहकार सरु सिंगकले भने ‘मुक्कुमलुङ लिम्बु जातिको माङ्गेन्ना चोलुङको रुपमा रहेको छ, जुन ढल्यो भने समग्र लिम्बु जातिको अस्तित्व नै लोभ खतरा रहेको छ । त्यसैले यसलाई बचाई राख्न सम्पुर्ण लिम्बु जाति नै लाग्नु पर्छ ।

सिंगकका अनुसार विकासका नाममा राज्य नै मुक्कुमलुङमाको अस्तित्व नामेट पार्न लागिपरेको छ । मुन्धुममा वर्णित मुक्कुमलुङमा केबलकार लाने बाहानामा त्यस क्षेत्रको दसौं हजार रुख बिरुवा काट्ने तयारी गरिरहेकोले यसलाई रोक्नका लागि सरोकारवाला सम्पुर्णलाई लाग्नका लागि अपिल गरिन ।

यस अन्तरक्रियाले आगामी २३ गते झापा जिल्ला स्तरीय उप–समिति बनाउने निर्णय गरेको छ ।

अन्तरक्रियामा प्रेमदिप थाम्सुहाङ, बिक्रम फागो वनेम, सरण जवेगु, गुमानसिं सम्बाङफे, ज्ञानु फुरुम्बो लगायतको उपस्थिति रहेको थियो ।

यसबेला मुक्कुमलुङका बारेमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । वादीका तर्फबाट अधिवक्ता शंकर खापुङले बहस गरिरहेका छन् ।

 

सम्बन्धित खवर