झपामा माझी समुदायसंग किरात धर्म लेखौं अभियानको अन्तरक्रिया - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झपामा माझी समुदायसंग किरात धर्म लेखौं अभियानको अन्तरक्रिया

झापा । आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम झापामा सम्पन्न गरिएको छ ।

शुक्रबार झपाको शिवसताक्षी १ धरमपुर स्थित माझीडाँडामा नेपाल माझी उत्थान संघका केन्द्रिय सदस्य सन्तबिर माझी लगायत माझी समुदायका प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिम, अभियान महासमितिका सचिवद्धय ज्ञानु केदेम, काकीराम लाओती, कोषाध्यक्ष प्रकाश सावदेन, सह कोषाध्यक्ष विष्णुमाया फुरुम्वो, आर्थिक सह संयोजक खड्ग खालिङ, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा, अभियान्ताद्धय लिला माझी र सङसेमी माङयुङ लगायत उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार र विभिन्न समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा अभियान टोलीले झापामा पनि कार्यक्रम आयोजना गरिएको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर