गुरु आत्मानन्द जन्मभूमि अगौटेबारीमा सप्ताहव्यापी सेवा सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गुरु आत्मानन्द जन्मभूमि अगौटेबारीमा सप्ताहव्यापी सेवा सम्पन्न

माङसेबुङ । राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को जन्मभूमि चुक्चिनाम्बा अगौटेबारीमा आयोजना भएको सप्ताहब्यापी शान्ति तथा समृद्धिको लागि लाधुङ्सेमी सेवा (महायज्ञ) सेवा सम्पन्न भएको छ ।

शुक्रबार माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी शान्ति तथा समृद्धिको लागि सावा येत् नाम्धुङ लाधुङसेमी सेवाको समापन कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि अध्यक्ष इधिङ्गोले महागुरु राष्ट्रिय बिभुती फाल्गुनन्द र गुरु आत्मानन्दको जन्म स्थान भएको स्थान आफ्नै क्षेत्र भएकोले आफू भाग्यमानी भएको बताए । उनले यस स्थलको उन्नति र प्रगतीको लागि सधै कृयाशिल रहनेपनि बताए ।

माङ्सेबुङ गाउँपालिकाले यस्तो खालको स्थललाई बिकास गर्न सके गाउँपालिकाकै आर्थिक स्रोतको रुपमा हुनेछ ।

समापन कार्यक्रममा मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङले माङ आशीर्वचन प्रदान गर्नुभएको थियो ।

विभिन्न स्थानबाट किरात धर्मावलम्बीको बाक्लो उपस्थितिमा भएको कार्यक्रम टिकाराम केरुङको अध्यक्षतामा र देउमान आङबुहाङको सह अध्यक्षतामा सम्पन्न कार्यक्रम गुरु निजी आश्रम कृषि समिति तथा गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको कार्यक्रम शुक्रबार सप्ताहव्यापी सेवा समापन भएको हो ।

सम्बन्धित खवर