नेम्बाङ दुर्गाको ‘लुङधुङ’ पालाम सङग्रह बिमोचन - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेम्बाङ दुर्गाको ‘लुङधुङ’ पालाम सङग्रह बिमोचन

दमक । पालामकार नेम्बाङ दुर्गा लुङाको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति ‘लुङधुङ’ पालाम संग्रह विमोचन भएको छ ।

शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कन्काई नगरपालिका–७ को सिरिजङगा चोक स्थित जन कल्याण समाजको सामुदायिक हलमा किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा झापा अध्यक्ष÷साहित्यकार सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा विमोचन भएको हो ।

कार्यक्रममा इतिहास लेखक÷ साहित्यकार हरि हुक्पा चोङबाङले पालाम सङग्रह माथी टिप्पणी÷समिक्षा गरेका थिए ।

पालामभित्र ४ अध्याय गरि जम्मा ४० वटा पालामहरु रहेकोे छ भने उक्त सङग्रह पृष्ठ ८० रहेको छ ।

कार्यक्रममा कन्काइ नगरपालिका –७ को जननिर्वाचित वडाध्यक्ष लिला ब. कन्दङवा, साहित्यकार पुष्पहाङ लोरिङदेन लोवा, निर्देशक÷कलाकार राजकुमार आङदेम्बे, याक्थुङ लेखक संघ केन्द्रीय सदस्य इक्साहाङ चेम्जोङ, याक्थुङ युवा मञ्च झापा जिल्ला उपाध्यक्ष तथा मुक्कुमकुङ संरक्षण समिति झापा सचिब वसन्त मेन्याङबो, कियाचु झापा पुर्ब जिल्ला सदस्य भक्त मेन्याङबो, कियाचु झापा जिल्ला सदस्य चन्द्रकला आङदेम्बे, कमल गा.पा. कियाचु उपाध्यक्ष मनकुमार थलङ, किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति कन्काई नगर उपाध्यक्ष धनपाल कन्दङ्वा, किरात धर्म तथा साहित्य उत्थान संघ कन्काइ उपाध्यक्ष साजन साङ्वा लगायत झापा जिल्लाबासी लिम्बू सर्जकहरुको उपस्थिति रहेकोे थियोे ।

नेम्बाङको लिम्बू भाषा प्रथम कृति लुङधुङ याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षता सम्पन्न भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठान कोषाध्यक्ष रचना लाओतीले गरेकी थिइन् । कार्यक्रम प्रतिष्ठान सचिव मुसाहाङ अम्याङसा ‘डिल्लीश्वर’ले संचालन गरेका थिए ।

सम्बन्धित खवर