किरात युमा माङ्हिमको छैटौं साधारणसभा - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात युमा माङ्हिमको छैटौं साधारणसभा

दमक । झापाको दमक ६ मा रहेको भिसी क्या. राम बहादुर बेघा लिम्बू प्रतिष्ठान तथा किरात युमा माङहिमको छैटौं साधारणसभा सम्पन्न भएको छ ।

सोमबार प्रमुख आतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष मुन्धुमविद हरि हुक्पा चोङबाङको हस्तबाहुलीबाट महागुरु फाल्गुनन्द लिङ्देनको तस्वीरमा माल्र्यापण गरि कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चोङबाङले लामो सान्दर्भिक विचार राख्दै किरात धर्म र इतिहास बारे चर्चा गरेका थिए । वहाँले किरात युमा माङहिम तथा भिसी क्या. राम बहादर बेघा लिम्बू प्रतिष्ठानलाई यस क्षेत्रको नमूना संस्थाको रुपमा विकास गरेर लैजान समितिलाई सुझाव दिएका छन् ।

कार्यक्रममा संस्थाकी दाता संरक्षक तथा कोषाध्यक्ष मनकुमारी पन्धाक बेघाले संस्थाको आर्थिक बर्ष ०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । सो कार्यक्रमलाई बयोवृद्ध हस्तबहादुर वेघा, उपाध्यक्ष गुमानसिंह सम्बाहाम्फे, मुल पुजारी सुर्य बेघा, सल्लाहकार मेहेरमान लिङदेनले बार्षिक साधारणसभामा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नयाँ चार जना आजीवन सदस्यहरु इन्द्र इम्बुङ, धनकुमार इम्बुङ, लक्ष्मी इम्बुङ र शान्ता थोप्रा लिम्बुलाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोहन माङथेवेको सभाध्यक्षता र सहसचिव कविन्द्र शेर्माको संचालनमा भएको थियो ।

 

सम्बन्धित खवर