नालीफुङवा पान्जुम्भोद्धारा आठ बुँदे ‘माङसेबुङ घोषणा पत्र २०७७’ जारि - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पान्जुम्भोद्धारा आठ बुँदे ‘माङसेबुङ घोषणा पत्र २०७७’ जारि


माङसेबुङ । आठ बुँदे ‘माङसेबुङ घोषणा पत्र २०७७’ जारि गर्दै किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौ महासम्मेलन सम्पन्न भएको छ ।

बुधबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै पान्जुम्भोका अध्यक्ष पृथिमान खालिङ राई र सचिव आयुष बिक्रम तुम्बापोद्धारा हस्ताक्षरित आठ बुँदे ‘माङसेबुङ घोषणा पत्र २०७७’ जारि गरेको हो ।

गत चैत २९, ३० र ३१ गते सम्पन्न पान्जुम्भोको पाँचौ महासम्मेलनबाट पृथीमान खालिङको अध्यक्षतामा २४ सदसिय कार्यसमिति समेत चयन गरेको छ ।

किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट जारि गरिएको आठ बुँधे माङसेबुङ घोषणा पत्र २०७७ जस्ताको तस्तै तल हेर्नुहोस :-
१. किरात धार्मिक जनजागरण अभियानको आयोजना गर्ने ।
२. किरात धर्म दर्शनलाई विश्यव्यापी गराउन बिभिन्न सञ्चार माध्यम, पत्रपत्रिका प्रकाशन, सामाजिक सञ्जाल, वेभसाइट, इन्टरनेटको माध्यमबाट किरात धर्मको प्रचार प्रसार गर्ने ।
३. नालीफुङवा जुझारु पुरस्कार कोषको स्थापना गरि प्रत्येक स्थापना दिवसमा नगद राशि सहित पुरस्कृत गर्ने ।
४. राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा नालीफूङवा संगठन विस्तार गर्ने ।
५. राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्ने लेखाउने अभियानमा विशेष भूमिका निर्वाह गर्ने ।
६. किरात धर्म दर्शन साम्जिक मुन्धुम, माङसिवाखाहुन अध्यन गर्न नालीफूङवा युवा युवतीहरुलाई अभिप्रेरित गर्ने ।
७. नालीफूङवाहरुलाई लोकसेवा आयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गरि धेरै भन्दा धेरै नालीफूङवा हरुलाई अभिप्रेरित गर्ने ।
८. किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनज्यूहरुको मार्गखर्शनलाई अघि बढाउनको निमित्त भूमिका निर्वाह गर्ने ।

…………………                                                      
आयुष विक्रम तुम्बापो

सचिव

………………… 

पृथिमान खालिङ राई
 अध्यक्ष

सम्बन्धित खवर