चुलाचुली मिडिया हाउसको कार्यक्रम ‘चुलाचुली संवाद’को उद्घाटन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुली मिडिया हाउसको कार्यक्रम ‘चुलाचुली संवाद’को उद्घाटन

फोटो : प्रविन मगर

चुलाचुली । गाउँमा हुने गरेका हरेक गतिविधीहरुलाई चुस्त र दुरुस्त अरु माझ पुर्याउने उदेश्यले चुलाचुली मिडिया हाउसको थप अर्को कार्यक्रम ‘चुलाचुली संवाद’को औपचारीक रुपमा उद्घाटन गरिएको छ ।

बुधबार चुलाचुली ४ आईतबारेमा ५२ एपिसोड रहने सो कार्यक्रम भुमि व्यवस्थापन समस्या आयोग इलामका अध्यक्ष ओम नारायण खनालले उद्घाटन गरेका हुन् ।

खनालले प्रोजेक्टर मार्फत स्वीच अन गरेर कार्यक्रमको इन्ट्रो भिडियोलाई पर्दामा देखाएपछी कार्यक्रम उद्घाटन भएको थियो ।

कार्यक्रममा बोल्दै खनालले भने,‘यस्ता खालका कार्यक्रमहरु आवश्यकता भएतापनि हाल सम्म सुचारु हुन नसकेको र चुलाचुली संवादले अब पुरा गर्नेमा आँफुहरु विश्वस्त रहेको उनको भनाई छ ।’

बेव श्रृंखला ‘सेवारो बाजे’ र कला, साहित्य ‘समय र सिर्जना’ कार्यक्रम प्रस्तुत गर्दै आएको चुलाचुली मिडिया प्रा.लि. ले तेस्रो कार्यक्रम ‘चुलाचुली संवाद’ सुरु गर्ने लागिएको संचालक चेतन आङथुपोले वताए ।

कार्यक्रममा राजनीति कर्मी राजेन्द्र केरुङ, शिक्षाविद गगन लावती,चुलाचुली गाउँपालिका सामाजिक विकासका संयोजक रामप्रसाद राई, शिक्षक लोकनाथ पौड्याल लगायतको उपस्थिति रहेको थियो । बैशाखको दोस्रो साताबाट हरेक शनिबार साँझ ७ बजे चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट प्रशारण हुने भएको छ ।

सेवारो बाजे श्रृंखलाको व्यवस्थापक चन्द्र दंगालले स्वागत मन्तव्य सुरु गरे संगै सुरु भएको कार्यक्रम सन्तोस गिरीले संचालन गरेका थिए । मानव कम्प्यूटर ट्रेनिङ सेन्टरको प्रायोजन रहेको कार्यक्रम प्रकाश सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर