गजुरमुखी–ईभाङ–चतुरे सडक क्याममा आक्रमण, एक जनाको हाँत भाँचियो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गजुरमुखी–ईभाङ–चतुरे सडक क्याममा आक्रमण, एक जनाको हाँत भाँचियो

माङसेबुङ । इलामको माङसेबुङ २ इभाङ स्थित निर्माणाधिन गजुरमुखी–ईभाङ–चतुरे सडकको मुख्य क्याममा गएराती आक्रमण भएको छ ।

गए राती करिवन १२ बजे निर्माण कम्पनी कालीका जेभीका कर्मचारी र मजदुर रहेको क्याम्पमा आक्रमण भएको हो । आक्रमणबाट क्याम्पमा सामान्य क्षति हुनका साथै मजदुरहरु घाइते भएका छन् ।

गए राती करिब १२ बजे साविक ईभाङ ४ का १७ जनाको युवाको टोलिले आफूहरुमाथि आक्रमण गरेको कम्पनीका प्राविधिक नारायण बस्नेतले बताए ।

‘कालो लामो दाह्री र मोटो शरीर भएको मान्छेलाई कहाँ लुकाईस् भन्दै आएको समूहले सुतिरहेका मजदुरमाथि अन्दाधुन्द आक्रमण गर्यो’ बस्नेतले भने, ‘आक्रमणबाट धेरै साथीहरु घाइते हुनुभयो । एक जनाको हात नै भाँचियो ।’

आक्रमणकारीहरुको कुटपिटबाट मजदुर अर्जुन तामाङको हात भाँचिएको छ । उनलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको प्राविधिक बस्नेतले बताए । आक्रमणमा परी अन्य मजदुरहरु समेत सामान्य घाइते भएका छन् ।

क्याम्पबाट एउटा ल्यापटप र एउटा मोबाइल फोन समेत आक्रमणकारीहरुले लुटेर लगेको बस्नेतको दावी छ । त्यस्तै ५० लिटर पेट्रोल र १ सय २० लिटर हाइड्रोलिक आयल पोखेका छन् ।

क्षतिको विवरण र आक्रमणकारीहरुको पहिचान हुन सकेको छैन । आक्रमणकारीहरु साविक इभाङ ४ का युवाहरु रहेको मजदुरहरुको आरोप छ तर पुष्टि हुन बाँकी छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मंगलबारेको टोलि इभाङतर्फ प्रस्थान गरिसकेको छ । टोलि आएपछि घटनाको बारेमा विस्तृत जानकारी आउने प्रहरी चौकी इभाङका हवल्दार कुन्दन लिम्बूले बताए ।

सम्बन्धित खवर