याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा नाल्बो सर्वसम्मत - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा नाल्बो सर्वसम्मत

दमक । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनमा साहित्यकार सेसेमी से नाल्बो लिम्बू सर्वसम्मत चयन भएको छ ।

शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेशनबाट नाल्बोको अध्यक्षतामा सात सदसिय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

यसैगरि उपाध्यक्षमा गुमान सिं सङबाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिबमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम साथै सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे सर्वसम्मत चयन भएका छन् ।

प्रत्येक २र२ बर्षमा लिम्बू भाषा साहित्य कलामा कृयाशिल याक्थुङ हस्तीहरुलाई सम्मान गर्ने उद्वेश्यले स्थापना गरिएको पुरस्कारहरु अन्तरगत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ द्वारा मोरङ केराबारी –२ सिंहदेबी फाइबामा जन्मनु भई हाल अर्जुनधारा न.पा.–७ झापामा स्थायी रूपमा बसोबास गर्दै लिम्बू साहित्यमा कलम चलाउन थालेका साहित्यकार नवल फाइबालीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।

यसरीनै ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ द्वारा पान्थर मिक्लाजङ ५ कुरुम्बा निवासी हाल दमक १ झापामा बिगत २ दर्शक यता पत्रकारितामा सक्रिय दिल कुमार लाओतीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित भएका छन् ।

यस्तै ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ द्वारा ताप्लेजुङ सिदिङबा साप्लाखु हाल कमल गाउँपालिका ३ केर्खामा बसोबास गर्दै आउनु भएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।

दमक नगरपालिका १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सुमित्रा वाङदेल चेली, दुर्गा नेम्बाङ लुङा, दमक बहुमुखी क्याम्पस प्राध्यापक राधिका ओझा, निर्देशकरकलाकार राजकुमार आङदेम्बे, कियाचु नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङ, लुङधुङ टोल अध्यक्ष याम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

याक्थुङ साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गुमानसिंह सङबाङफे र सञ्चालन सचिव मुसाहाङ अम्याङसाले गरेका थिए ।

 

सम्बन्धित खवर