माङ्सेबुङ वडास्तरिय फूटबल प्रतियोगिता सुरु, वडा ३ र २ दोश्रो चरणमा प्रवेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ वडास्तरिय फूटबल प्रतियोगिता सुरु, वडा ३ र २ दोश्रो चरणमा प्रवेश

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ पारुहाङ खेलमैदानमा वडास्तरिय फूटबल प्रतियोगिता सुरु भएको छ ।

पहिलो चरण अन्तरगत पुरुषतर्फ माङ्सेबुङ ३ र महिलातर्फ माङसेबुङ २ बिजयी हुंदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो खेल महिलातर्फ माङसेबुङ ३ र २ को खेल बराबरी भएपछि टा«इबेकरमा माङसेबुङ २ विजयी हुदै दोश्रो चरणमा प्रवेश गरेको हो ।

यसैगरि दोस्रो खेल पुरुषतर्फ माङसेबुङ २ लाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ ३ दोश्रो चरणमा प्रबेश गरेको छ ।

खेलको सुरुवाती समयदेखि नै दुबै टिमको उत्कृष्ठ खेल प्रदर्शन गरेको थियो । मध्यान्तर पश्चात माङसेबुङ ३ का मनु नेम्बाङको उत्कृष्ठ फ्रि किकनै निर्णयक गोल सावित भएको थियो । प्रतियोगिताको म्यानअफद म्याच मनु नेम्बाङ घोषित भएका छन ।

प्रतियोगिता अन्तरगत आइतबार दुई खेल संचालन हुने भएका छन । पहिलो खेलमा महिला फुटबल माङसेबुङ ५ ले माङसेबुङ ६ को सामना गर्ने भएको छ ।

त्यसैगरि आइतबारनै हुने दोस्रो खेलमा पुरुष प्रतियोगितामा माङसेबुङ ५ माङसेबुङ ६ खेलहुने आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

 

सम्बन्धित खवर