विभेदका घटनालाई आम नागरिकले उठाउनु पर्छ : वराइली - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विभेदका घटनालाई आम नागरिकले उठाउनु पर्छ : वराइली

दमक । छुवाछुत र विभेदका घटनाहरुलाई सामुदायिकरण गर्नु पर्ने राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले बताए ।

दलित जागरण अभियान केन्द्र नेपाल विर्तामोडले आज आयोजना गरेकाे बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै विभेदका घटनालाई आम नागरिकले उठाउनु पर्ने दलित आयोगका नवनियुक्त सदस्य बराइलीले बताएका हुन् ।

विभेद समाजको सामान्तबादी कुसस्कार भएको हुदा यसको अन्तको लागि जुझारु इमान्दार सामाजिक अभियन्ताहरुको अभियानको खाँचो रहेको वराइलीले बताए ।

झापाको विर्तामोडमा भएको कार्यक्रममा दलित केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माले दलित आयोगका सदस्य बराइलीलाई प्रमाण पत्र प्रदान गरी नेपाली टोपी लगाएर सम्मान गरेका छन् ।

दलितका मुद्धालाई वर्गीकरण गरी पिडितलाई न्याय दिन आयोग लागि पर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा दलित अगुवाहरुलाई साँची राखेर दलित आयोगलाई विजनेश दिन आग्रह गर्दै दलित समुदायलाई न्याय नतिजा दिन निरन्तर खट्ने टुन्जको भनाई छ ।

कन्काई नगरपालिका ५ सुरुङाको बल बहादुर विश्वकर्मालाई सोही ठाउँका मोहन घिमिरेले कुटपिट गरी मारेको घटनाको दलित आयोगले छानविन गरी रहेको बताउदै निर्दोष विश्वकर्मालाई न्याय दिन दलित संघ संस्थाहरुको प्रत्यक्ष पहरेदारी हुनु पर्ने बराइलीले बताए ।

प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले समाजमा रहेको विभेद अन्तको कानुन बने पनि कार्यन्वयन फितलो रहेको बताइन् ।

१ नम्वर प्रदेशका पूर्व सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले संविधान तह पाएको अधिकारको उपयोग सबै दलितहरु एक भएर लिनु पर्ने बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले आउदो ०७८ को जनगणना गर्न आउने गणकलाई दलित समुदाय भित्रका ब्यक्तिले थर र जात अनिवार्य रुपमा लेखाउन अनुरोध गरे ।

विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीले आयोगका सदस्य बराइलीलाई सफल कायकालको शुभकामना ब्यक्त गरे ।

कन्काई नगरपालिका ५ सुरुङाको बल बहादुर विश्वकर्मालाई सोही ठाउँका मोहन घिमिरेले कुटपिट गरी मारेको घटनाको बिषयमा कन्काई नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा वर्देवाले घटनाको सत्य तथ्य छानविन गरी निर्दोषलाई न्याय दिलाउन सबैलाई लागि पर्न अनुरोध गरे ।

 

 

 

सम्बन्धित खवर