माङसेबुङमा जारि फुटबल प्रतियोगितामा माङसेबुङ २ र ३ फाईनलमा प्रवेश - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा जारि फुटबल प्रतियोगितामा माङसेबुङ २ र ३ फाईनलमा प्रवेश

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ पारुहाङ खेलमैदानमा जारि वडास्तरिय फूटबल प्रतियोगितामा महिला तर्फ माङसेबुङ २ र पुरुष तर्फ माङसेबुङ ३ फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो सेमीफाइनल खेल अन्तरगत सोमबार सम्पन्न महिलातर्फको खेलमा माङ्सेबुङ ४ लाई १–० ले पराजित गर्दै ले माङसेबुङ २ फाईनलमा प्रवेश गरेको हो ।

यसैगरि सोमबारनै भएको अर्को सेमीफाइनल खेल अन्तरगत पुरुष तर्फको खेलमा माङसेबुङ ४ लाई ३–० ले पराजित गर्दै माङसेबुङ ३ फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको म्यान अफ दी म्याच माङसेबुङ ३ का आसहाङ साम्बा लिम्बू र वुमन अफ दी म्याच माङसेबुङ २ का विनिता राई घोषित भएका छन ।

प्रतियोगिता अन्तरगत मंगलबार दोस्रो सेमीफाइनलका दुई खेल संचालन हुने भएका छन । मंगलबार हुने दोस्रो सेमीफाईनल खेलमा पुरुष र महिला दुवै तर्फ माङसेबुङ १ र माङसेबुङ ६ विच खेल हुने आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

सम्बन्धित खवर