प्रदेश नं १ का अर्थमन्त्री आङबुहाङ माङसेबुङ आउने - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश नं १ का अर्थमन्त्री आङबुहाङ माङसेबुङ आउने

माङसेबुङ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ माङसेबुङ आउनुहुने भएको छ ।

किरात धर्म दर्शनका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मस्थान इलामको माङसेबुङ २, मा अवस्थित चुक्चिनाम्बामा आयोजित सप्ताहव्यापी सेवामा मन्त्री आङबुहाङ बैसाक १२ गते सो कार्यक्रममा आउनेहुने भएको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समुपस्थितिमा विश्व शान्ति र मानव एकताको निम्ति सप्ताहव्यापी सेवा आयोजना गरिएको गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङले बताए ।

व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङका अनुसार सो कार्यक्रममा मन्त्री आङबुहाङलाई अङसीमाङ र अङसीमाङबाट बधाई र शुभकामना दिने कार्यक्रम रहेको छ । साथै, भौतिक निर्माणका क्षेत्रमा सहयोग गर्नुहुने महानुभावहरुलाई फूलमालाद्धारा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सो सेवा निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समिति र निजी गुरु आश्रम कृषि समितिले संयुक्त आयोजना गरेको जनाइएको छ ।

सम्बन्धित खवर