माङसेबुङमा जारि फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ ६ र ३ लाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा जारि फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ ६ र ३ लाई

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ पारुहाङ खेलमैदानमा जारि वडास्तरिय फूटबल प्रतियोगिताको उपाधि महिला तर्फ माङसेबुङ ६ र पुरुष तर्फ माङसेबुङ ३ चुमेको छ ।

बुधबार उपाधिका लागि भएको प्रतिस्पर्धात्मक महिला तर्फको खेलमा माङ्सेबुङ २ लाई १–० ले पराजित गर्दै माङसेबुङ ६ ले उपाधि चुमेको हो ।

यसैगरि उपाधिकालागि बुधबारनै भएको पुरुष तर्फको खेलमा माङसेबुङ ६ लाई २–१ ले पराजित गर्दै माङसेबुङ ३ ले उपाधि चुमेको छ ।

उपाधि चुमे संगै महिला तर्फ विजेता माङसेबुङ ६ ले नगद पुरुस्कार ३० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र हात पारेका छन् । उपविजेता माङसेबुङ २ ले भने नगद पुरुस्कार २० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाएका छन् ।

यसरीनै पुरुष तर्फ विजेता माङसेबुङ ३ ले नगद पुरुस्कार ३० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र हात पारेका छन् । उपविजेता माङसेबुङ ६ ले भने नगद पुरुस्कार २० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाएका छन् ।

महिला तर्फ प्रतियोगिताको बेस्ट किपर सबिना राई, बेस्ट प्लेयर बिनिता राई, बेस्ट डिफेण्डर लक्ष्मी राई, हाई स्कोर सुमिका राई र उदयीमान खेलाडी सुनिता राई घोषित भएका छन् ।

यस्तै पुरुष तर्फ बेस्ट किपर बिसाल लिम्बु, बेस्ट खेलाडी जीदान राई, बेस्ट डिफेण्डर रोनिस राई, हाई स्कोर योगेन्द्र राई र उदयीमान खेलाडी निर्मल राई घोषित भएका छन ।

माङसेबुङमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगिताको समापन समारोह प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

माङसेबुङ खेलकुद विकास समितिको आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुदै आएको छ ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

 

सम्बन्धित खवर