पान्थरको लब्रेकुटीमा यक्वा तङ्नाम सम्पन्न - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको लब्रेकुटीमा यक्वा तङ्नाम सम्पन्न

  • सुबास केरुङ ‘नुनाम’

पान्थर । नेपालको राष्ट्र बिभूती महागुरु फाल्गुनन्द ज्यूको तपोभूमी पान्थरको लब्रेकुटीमा यक्वा सेवा (उभौली पर्व) सम्पन्न भएको छ ।

सारा सक्कल प्राणीहरुको रक्षार्थको निमित्त महागुरुज्यूको निर्देशन अनुसार सदाझै यक्वा सेवा गर्दै आइरहेको यस आयोजक समितिका सचिव गणेश तुम्रोक ले बताउनु भयो ।

१७ थुम गोश्वरी युमा माङ्हिम संरक्षण तथा सम्बर्द्धन समिति द्वारा आयोजित कार्यक्रममा प्रदेश नः १ का माओबादी केन्द्रका संसदीय दलका नेता तथा पूर्ब आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’को प्रमुख आतिथ्यता साथै फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ र किरात याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापोको बिशेष आतिथ्यतामा विभिन्न माङ्सेवा तथा हाङ्वा–माङ्वा बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री आङबोले लब्रेकुटीलाई पर्यटन प्रबर्द्धनको लागि अत्यन्तै सम्भाबित क्षेत्र रहेकोले सबै निकायबाट उक्त ठाउँलाई जोड दिनु पर्ने बताए ।

उनले आफू अर्थ मन्त्री रहदा पनि आफुले सके जति क्षमताले भ्याए सम्म बजेट बिनियोजन गरेको बताए । कार्यक्रममा विभिन्न संघ संस्था साथै पार्टी प्रतिनिधि र धार्मिक भक्तजनहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर