केवलकार संचालन र पाथीभरा नामाङकन् विरुद्ध प्रर्दशन - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केवलकार संचालन र पाथीभरा नामाङकन् विरुद्ध प्रर्दशन

धरान । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल मुकुमलुङलाई पाथिभरा देवी बनाएपछि आदिवासी लिम्बू समुदाय आन्दोलित बनेका छन् ।

रैथाने आदिवासी लिम्बूहरुले राखेको मुकुमलुङ नामलाई पाथीभरा बनाएदेखि नै बाहिरीयाले अतिक्रमण गरेको बताउँदै लामो समयसम्म मुकुमलुङ नाम पुनस्र्थापनाका लागि लिम्बू समुदाय आन्दोलित छन् ।

यो स्थलको मौलिक नाम ‘मुक्कुमलुङ’ भएकोले सरकारी दस्तावेज, प्रचार सामाग्रीहरुमा पुनः मुक्कुमलुङ नामाकरण गरिनुपर्ने माग गर्दै मंगलवार धरानमा मुकुमलुङ सरोकार समूह विजयपुर धरानको आव्हनमा प्रदर्शन गरेका छन् ।

एति होल्डिङस् सम्बद्ध पाथीभरा दर्शन प्रा.लि. को नाममा केवलकार निर्माण गरी मुकुमलुङको प्राकृतिक सौदर्यता विनास गर्न लागेको र आदिवासी लिम्बूहरुको भूमी माथि विचौलिया व्यापारी नाफाखोरहरुले एक हजार भन्दा बढी रुखहरु काट्न लागेको सरोकार समूहले आरोप लगाएको छ ।

यसमा सरकारले व्यापारि समूहको साँगगाठमा उक्त तिर्थस्थलको पर्यटकीय विकासका लागि पूर्वाधार निर्माणको योजना लागु गरेपछि सरोकारवालाहरुले ऐतिहासिक, सांस्कृतिक तथ्य सार्वजनिक गर्दै मुक्कुमलुङ नामाकरण गर्न र केवलकार संचालन नगर्न दबाबपूर्ण आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनकारीहरुले कथित विकास र धार्मिक गतिविधिमा आदिबासी लिम्बुहरुको भूमि अधिकारलाई राज्यले वेवस्ता गर्दै आएकाले उनीहरु आक्रोशित बनेका हुन् ।

करिब समुद्र सतह भन्दा ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित मुक्कुमलुङ धार्मिकस्थल प्राकृतिक रुपमा अति नै सुन्दर र धार्मिक साँस्कतिक रुपमा महत्वपूर्ण छ । सरकारले त्यहाँ पुग्न केवलकारको योजना अघि बढाएपछि ताप्लेजुङमा संघर्ष समिति गठन भएको छ ।

यससंग एक्ववद्धता जनाउँदै धरान, इटहरी, दमक, पानथर फिदिम काठमाण्डौ उपत्याकामा समेत अधिकार कर्मीहरुले विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको घोषणापत्र आइएलओ १६९ मा आदिबासी भूमिमा विकास निर्माणका परियोजना सञ्चालन हुँदा त्यहाँका आदिबासीबाट स्वतन्त्रता पूर्वक अग्रिम सुसूचित स्विकृति लिनुपर्छ । नेपालमा आई.एल.ओ. महासन्धी १६९ राष्ट्रिय कानुन सरह लागू छ । यसलाई बेवास्ता गर्दै सरकार र व्यापारी स्वार्थ समूह अगाडि बढेमा राष्ट्रिय अन्तर्राष्ट्रिय अदालतसम्म जाने सरोकारवाला सहजीकरण समूहका सदस्य डा. कमल तिगेलाले बताए ।

तिगेलाका अनुसार सर्वोच्च अदालतमा सयौ आदिवासी लिम्बूहरुले यस अगाडि नै मुद्धा दायर गरिसकेको छन्

धरानमा भएको प्रदर्शन मुकुमलुङ सरोकार समूह विजयपुर धरानको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च लगायतका सरोकारवाला र अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।

धरानको प्रदर्शन समन्वय गरिरहनु भएका मुकुमलुङ सरोकार समूह विजयपुर धरानको संयोजक नरप्रसाद लुम्फुङवाले धरानमा मात्र नभएर ताप्लेजुङ स्थित मुकुमलुङमै धराने जनताले आगमि बैशाख ११ गते प्रदर्शन गर्ने बताए ।

 

सम्बन्धित खवर