पापोहाङ लाओती सयङको पाचौं केन्द्रीय महाअधिबेशन पान्थरमा हुने - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पापोहाङ लाओती सयङको पाचौं केन्द्रीय महाअधिबेशन पान्थरमा हुने

  • सुबास केरुङ ’नुनाम’

फेदेन । पापोहाङ लाओती सयङको पाचांै केन्द्रीय महाअधिबेशन पान्थरको फेदेन ९ स्थित साबिक लुम्फाबुङमा आगमी बैशाब १३ र १४ गते विविध कार्यक्रमविच सम्पन्न हुने भएको छ ।

बैशाख १३ गते बिहानको ११ बजे बाट खुला सत्र सुरु हुने साथै त्यही दिन पापोहाङ लाओती सयङको ऐतिहासिक चोत्लुङ स्थापना (१२ फिट्को स्तम्भ रहने छ) पापोहाङ लाओती सयङको प?ङ्लुङ र प?लुङ स्थपना साथै सोही साँझ लाओतीहरुको ऐतिहासिक तथा पहिलो प्रकाशनमा आएको बङ्शावली पुस्तक लोकार्पण कार्यक्रम रहेको गत बैशाख ४ गते शनिबारको दिन पान्थरको फेदेन स्थित चाम्देन होटलको सभाहलमा पत्रकार सेम्मेलनमा पाचौं केन्द्रीय महाअधिबेशन तयारी समितिका संयोजक बिजयबोध लावतीले बताए ।

यसैगरी बैशाख १४ गते नयाँ कार्यसमितिको चयन साथै सपथ ग्रहण कार्यक्रम हुने, सोही दिन विभिन्न साँस्कृतिक झाँकीहरु प्रदर्शन हुने र साँस्कृतिक प्रतियोगिता अन्तर्गत केःलाङ नाच र याःलाङ नाच प्रतियोगिता रहने र उक्त प्रतियोगी बिजेतालाई पन्ध्र÷पन्ध्र हजारको पुरस्कार दिइने साथै लिम्बू भाषिक कबिता प्रतियोगिता साथै साँस्कृतिक हाँस्य मनोरञ्जन पनि रहने संयोजक लावतीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ ।

 

सम्बन्धित खवर