कियाचु नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः चेम्जोङ निर्वाचित - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः चेम्जोङ निर्वाचित

  • डिल्लीश्वर मुसाहाङ ‘अम्याङसा’

दमक । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको १०औं नगर अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमक –७ स्थित रायाली किरात भवनमा कियाचु केन्द्रीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा दसौं नगर अधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनबाट देबेन्द्र माबोहाङ चेम्जोङको अध्यक्षतामा ९ सदसीय दमक नगर समिति निर्वाचित भएको छ ।

निर्वाचित समितिको उपाध्यक्षमा ओममाया सेर्मा (आङदेम्बे), सचिबमा सुक बहादुर सोदेम्बा , सह सचिबमा चन्द्र बहादुर कन्दङवा र कोषाध्यक्षमा इन्द्र बहादुर सङबाङफे निर्वाचित भएका छन ।

यसरीनै सदस्यहरुमा क्रमशः रमा केरुङ (सेर्मा), तुलसी कुमार आङदेम्बे, कमला योङहाङ (लाओती) र गङगा सुब्बा चयन भएका छन् ।


अधिबेशनमा कियाचु सल्लाहकार मेहेरमान लिङदेन, लिम्बू साहित्यकार सेसेमी सेनाल्बो, पत्रकार बिष्णु सुब्बा, व्यवसायी निङ्वाहाङ थेबे, मन प्रसाद योङहाङ, व्रत पङयाङगु, बिक्रम थाङदेन, जेष्ठ नागरिक लिलाकुमारी निङलेखु, र चुम्लुङमा लामो समयसम्म योगदान गर्नु हुने राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिंह सङबाङ्फेलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियोे ।

त्यसैगरि अधिबेशनलाई सहयोग गर्ने महानुभावहरुलाई प्रमाणपत्र र आजीवन सदस्यता प्रमाणपत्र समेत बितरण गरेको थियो ।

कार्यक्रममा कियाचु केन्द्रीय सल्लाहकार जित ब. लाओती, पुर्ब प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम, कियाचु केन्द्रीय सदस्य पुर्ण ब. हाङस्रोङ, कियाचु लिम्बुवान प्रदेश समिति सल्लाहकार प्रेमदीप थाम्सुहाङ, कियाचु जिल्ला झापा पुर्ब अध्यक्ष भक्त खेवाङ, कियाचु जिल्ला अध्यक्ष सेसेहाङ फियाक, दमक उद्योग वाणिज्य संघ तृतीय उपाध्यक्ष रमा आङदेम्बे, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष भगवती श्रेष्ठ , किरात राई यायोक्खा प्रारम्भिक नगर समिति प्रतिनिधि धनजित राई, नेवा समाज दमक संयोजक गणेश श्रेष्ठ, पृथ्वी मा. वि. दमक ७ प्रधानाध्यापक बिष्णु कुमार राई, कियाचु हङकङ सल्लाहकार त्रिभुवन लुम्फुङवा लगायतले बोलेका थिए ।

कार्यक्रममा कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङको अध्यक्षता तथा उपाध्यक्ष ओममाया सेर्मा आङदेम्बेले स्वागत मन्तव्य राखेकी थिइन् भने नगर सदस्यद्व्य सुक बहादुर सोदेम्बा, चन्द्र कन्दङवाले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर