ओत प्रिन्टिङ प्रेसका सञ्चालक निवाहाङ सम्मानीत - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओत प्रिन्टिङ प्रेसका सञ्चालक निवाहाङ सम्मानीत

दमक । ओत प्रिन्टिङ प्रेसका सञ्चालक निवाहाङ थेवे ‘धनबहादुर’ सम्मानीत भएका छन् ।

शुक्रबार सम्पन्न किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको १०औं नगर अधिबेशनमा सञ्चालक निवाहाङ थेवे ‘धनबहादुर’ सम्मानीत भएका हुन् ।

विगत डेढ दशक यता आरम्भ डेक्जोन तथा साईवर सेवा हुदैं ओत प्रिन्टिङ प्रेस स्थापना गरेर व्यवसाय सञ्चालन गर्दै आएका सम्मनीत थेबेलाई किरात लिम्बू समुदायमा सफल व्यवसायीको रुपमा सम्मान गरिएको किरात याक्थुङ चुम्लुङ दमक नगर समितिका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताए ।

प्रोपाईटर निवाहाङ थेवे माङसेबुङ पव्लिकेशन प्रा.लि.द्वारा सञ्चालित माङसेबुङ मासिक, माङसेबुङ न्यूज डट कम र माङसेबुङ न्यूज टिभीका प्रवन्ध सञ्चालक समेत हुन् ।

यसरीनै थेबे संगै मन प्रसाद योङहाङ, व्रत पङयाङगु, बिक्रम थाङदेन समेत सफल व्यावसायीको रुपमा सम्मानीत भएका छन् ।

सम्बन्धित खवर