उर्लाबारीमा शिरिजङगा मिङ्सो युमा माङहिमको शिलान्यास - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उर्लाबारीमा शिरिजङगा मिङ्सो युमा माङहिमको शिलान्यास

उर्लावारी । मोरङको उर्लाबारी ८ अठियाबारी स्थित शिरिजङगा मिङ्सो युमा माङहिमको शिलान्यास संगै सेवा सम्पन्न भएको छ ।

आइतवार माङहिम निर्माण समितिको आयोजनामा येत्नाम्धुङ लाधुङसेमी सेवा संगै साङदाङगेन वरुमसावा शब्दिगुरु प्रेम देवानको हस्तवाहुलीबाट माङहिमको शिलान्यास गरिएको थियो ।

बिगत लामो समय देखि निर्माण गर्ने भनिएको माङहिम यहि बैशाख १२ गते आइतबारको दिन शुभसाइतमा शिलान्यास गरिएको निर्माण समितिको सचीव योगेस लाओतिले बताए ।

येत्नाम्धुङ लाधुङसेमी सेवामा माङसेवासाबा माङसेवासामाहरु मिलन लाबुङ, प्रेम देवान, लोकराज जबेगु, उत्तरमान लिम्बू, खड्ग लिम्बू, जीवन कुमार हेम्ब्या र बिना पाँचकोटी बिश्वकर्मा लगायत रहेका थिए ।

महान समाज सुधारक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको प्रतिमा, धुनिकुण्ड र अष्टकोण रहेको किरात शैलिको माङहिम बनाउन लागिएको माङहिम निर्माण समितिका अध्यक्ष खड्ग बहादुर थेबेले बताए ।

विभिन्न सहयोगी दाता दानबिरहरुमा समेत आर्थिक, जिन्सी लगायत विभिन्न संरचना बन्ने निर्माण कार्यमा हुक्वा मिसाएर सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

सेवा संगै माङहिम शिलान्यास कार्यक्रममा स्थानिय बासिन्दा समाजिक तथा धार्मिक साथै अगुवा ब्याक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियोे ।

सम्बन्धित खवर