मुक्कुमलुङको वचाउ गर्दै मुक्कुमलुङको आगनमा वृहत आमसभा - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङको वचाउ गर्दै मुक्कुमलुङको आगनमा वृहत आमसभा

ताप्लेजुङ । किरात याक्थुङहरुको धार्मिक तथा सांस्कृतिक भूमि मुक्कुमलुङको पुनरस्थापना गर्न शनिवार मुक्कुमलुङको आगनमा वृहत आमसभा गरिएको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात लिम्बु समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी धार्मिक तथा सस्कृतिक अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।

मुक्मुमलुङको पवित्रता सबैले जोगाउनु पर्छ, केबुलकार कुनै हालतमा ल्याउनु हुदैन भन्ने कुरा कन्चनजंगा विकास समितिको अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।

सरकार र केहि ठेकेदारहरुले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनाले वन विनाश मात्र होइन सिंगो प्रकृतिको दोहन गरी रहेको कुरा मुक्कुमलुङ वचाउ संधर्ष समितिका सल्लाहकार सरु सिङघकले बताए ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, केवुलकार चाहिदैन, हामी विकासको विरोधी होइन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले पुरै मुक्कुमलुङको वरिपरि विरोध प्रदर्शन गरे ।

उक्त कार्यक्रममा धार्मिक तथा सांस्कृतिक अतिक्रमणविरूद्ध मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक लिङखिमले घोषणा पत्र वाचनसमेत गरेका थियो ।

मुक्कुमलुङ बचाउ अभियान्ता मुक्कुमलुङलाई मुक्कुमलुङनै राख्नु पर्छ पाथिभरा नाम राख्नु भनेको सस्कृतिक तथा धार्मिक अतिक्रमण गरीनु हो भन्ने कुरा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमले वताए । उनले मुक्कुमलुङ वचाउन सिंगो संस्थाले ऐक्यबद्धता जनाउदै जुनसुकै आन्दोलन गर्न तयार हुने कुरा बताए ।

यसरीनै दिलेन्द्र कुरुम्बाङले याक्थुङ लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए ।

‘लिम्बू जातिको पुस्तौं पुस्तादेखि बसोबास रहेको मुक्कुमलुङ क्षेत्रको पहिचान र सस्कृतिक नै अर्को बनाइएको छ,’ राम मादेनले भने, ‘पाथी, पाथीभरा र हिन्दुजन्य नामहरुसंग जोडेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको कुरा डाक्टर अमर तुम्माङहाङले बताए ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति साह्यिकार तथा लेखक महासंघको केन्द्रिय सहकोध्यक्ष साङसेन पन्धाकले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको थातथलो र पहिचान नामेट पार्दै आएको बताए । मुक्कुमलुङ लिम्बुहरुको मात्र होइन सारा आदिवासीहरुको प्रकृतिक तथा सास्कृतिक धरोहर हो भने ।

यस्तै आदिवासी जनजाति साहित्यकार महासंघ लिम्वुवान राज्य समितिका संयोजक मधु केरुङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गरे ।

यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार पाथीभरा केवलकारको शिल्यानास कार्यक्रम रोकिएको छ । पाथीभरा नामलाई परिवर्तन नगरेसम्म केवलकारको बिरोध गर्ने साथै सो क्षेत्रमा हुने प्रकृति दोहनबारे उचित सम्बोधन गर्न समेत माग गरिएको त्यस क्षेत्रका युवा राजनीतिज्ञ मुक्साम लाबुङ्ले बताए ।

डाक्टर कमल तिगेला खेवा द्वारा मुन्धुम वाचन गरी साम्याङवा चुवा, युप्पावा चुवा, सिदाङगेवा चुवाले सेसेसाङसाङ गर्दै कार्यक्रमको थालनी गरे । स्थानीय कलाकारहरुले कार्यक्रममा केलाङ पनि प्रस्तुत गरेका थिए ।

मुक्कुमलुङलाई सेक्क्रट साइटको घोषणा गर्दै लेखक तथा साँस्कृतिक अभियान्ता नन्द कुन्दङवाले कार्यक्रमको समापन गरे । उक्त कार्यक्रमको सञ्चालन सरोज कङलीबाले गरेका थिए ।

सम्बन्धित खवर