सिरिजङगा भवन निर्माणार्थ वडाध्यक्ष अधिकारीद्वारा आर्थिक सहयोग - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरिजङगा भवन निर्माणार्थ वडाध्यक्ष अधिकारीद्वारा आर्थिक सहयोग

  • मुसाहाङ अम्याङसा

दमक । झापाको दमक १, येहाङनगर स्थित सिरिजङगा टोलमा निर्माणाधिन सिरिजङगा सामुदायिक भवनको लागि दमक १, का वडाध्यक्ष तारा प्रसाद अधिकारीले व्यक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग गरेका छन् ।

सोमबार निर्माणाधिन सिरिजङगा सामुदायिक भवनको लागि वडाध्यक्ष अधिकारीले उक्त टोलका अध्यक्ष रचना लाओतीलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

साहित्यकार सेसेमी से–नाल्बो र समाजसेवी इक्सा सङबाङ्फेले दान गर्नु भएको दश धुर जग्गा र खरिद गरीएको छ धुर जग्गा गरि जम्मा १६ धुर जग्गामा भवन निर्माण गरिएको छ ।

सो टोलमा कुल ८५ घरघुरी रहेको छ भने प्रत्येक सेयर सदस्यबाट ५ हजारको दरले रकम संकलन गरेर र मुल कोसमा गरी कुल ७ लाख बराबरको भवन निमार्ण गरिएको टोल अध्यक्ष लाओतीले बताइन् ।

सो भवनको उद्घाटन गत २०७७ चैत २१ गते नगरपालिका वडा न.१ अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नगरपालिका समाज कल्याण योजना शाखा प्रमुख डम्बर बरालको विशेष आतिथ्यतामा उद्वघाटन भएको थियो ।

 

सम्बन्धित खवर