प्रदेश १ मा १ सय ८८ जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ मा १ सय ८८ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ सय ८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

मोरङगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापा गाउँपालिकामा १–१, जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरि धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१, उदयपुरको उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८ सय ३४ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७३ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र १ सय १७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर