एक साताका लागि माङसेबुङ गाउँपालिकाको सेवा बन्द - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एक साताका लागि माङसेबुङ गाउँपालिकाको सेवा बन्द

माङसेबुङ । एक साताको लागि इलामको माङसेबुङ गाउँपालिकाको सेवा बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि शनिबार माङसेबुङ गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको तथा अन्य कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेको भन्दै गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

 

सम्बन्धित खवर