झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

दमक । झापामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका ३ शहिदगेट निवासी ४५ वर्षीया जीत वहादुर खोयाङ लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आज(बिहिबार) बिहान ५ वजे मर्निङवाक जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

विहान मर्डिङ वाकमा निस्किएका खोयाङलाई शहिदगेट उत्तर २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा हात्तीले आक्रमण गरेकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

 

सम्बन्धित खवर