जिल्ला समन्वय समिति इलामका प्रमुख बराललाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जिल्ला समन्वय समिति इलामका प्रमुख बराललाई कोरोना संक्रमण पुष्टि

इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि बरालको एन्टिजेन्ट परीक्षण गरिएको थियो । एन्टिजेन्टको रिर्पोट पोजेटिभ आएपछि बराल आफ्नै घरमा बसिरहेका छन् । उनको पीसीआरका लागि स्वाब समेत परीक्षणका लागि पठाइएको छ ।

थप सात जनामा कोरोना संक्रमण पुष्टि

इलाममा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमध्ये सूर्योदय नगरपालिकामा दुई, रोङ गाउँपालिकामा तीन, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर