दमक । झापामा कोरोना संक्रमण धेरैनै बढ्न थालेपछि जेठ १ गते देखि लागु हुने गरी कडा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराती १२ बजेसम्मलाई कडा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अत्यआवश्यकीय तोकिएको बाहेकका सबै व्यवसाय ठप्प हुनु पर्ने छ ।
हरियो तरकारी लगायत दुग्धजन्य सामाग्रिहरु आवश्यक मापदण्ड पालना गरेर विहान ८ बजेसम्ममा होम डेलीभरी गरिसक्नु पर्नेछ । यसका लागि स्थानीय सरकार र उद्योग बाणिज्य संघसंग समन्वय गर्न भनिएको छ । औषधि तथा स्वास्थ्यजन्य र ग्याँस बाहेकका अब सबै पसलहरु तथा ब्यापार बन्द रहनेछन् ।
सवारी साधन सञ्चालनमा सरकारी, गैह् सरकारी र नीजि सवारी साधनलाई पनि कडाई गरिने निषेधाज्ञामा उल्लेख छ । विहान कार्यालय समयभन्दा एकघण्टा अगाडि देखि दुईघण्टाभित्र र कार्यालय समापन समयमामात्र सरकारी सवारी साधन सञ्चालन गर्न आदेशमा भनिएको छ ।
यसैगरि बैक तथा बित्तिय संस्था पनि हप्तामा दूई दिनमात्र खुल्ला रहन पाउनेछन् । भिडभाड र जोखिमलाई कम गर्नका लागि एकसाताको यो निषेधाज्ञा पुर्ण रुपमा लागु गराउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सरकोरवालाहरुलाई निर्देशन पनि दिएको जनाईएको छ ।
जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी)को बैठकमा सहभागिहरुले अहिलेसम्मको निषेधाज्ञाको समिक्षा गर्दै यसलाई कडाई गर्नु पर्नेमा जोड दिएका थिए ।
जेठ १ गते देखि दमकमा पूर्ण रुपमा लकडाउन
दमकमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि नगरपालिकाले आगामी जेठ १(शनिबार) गते देखि लागू हुने गरी पूर्ण रुपमा लकडाउन गर्ने तयारी गरेको जनाएको छ ।
नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।
उनले १ गतेदेखि दमकमा कुनै पनि व्यवसाय खोल्न र हिंडडुल आदि बन्द गर्ने बताए । वित्तिय संस्थाहरु सातामा दुई दिन मात्रै खुल्ने बताए ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन ।