ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले चुमेको छ ।

रियल भालाडोलिडको मैदानमा शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि चुमेको हो ।

रियल मड्रिडलाई २ अंकले पछि पार्दै एट्लेटिकोले उपाधि चुमेको हो । एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिडको लागि ओस्कार प्लानोले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो । ओस्कारले खेलको १८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले एकल प्रयासमा गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

सम्बन्धित खवर