माङसेबुङ । फक्ताङलुङ साँस्कृतिक मञ्चको संघीय अध्यक्षमा मोहन मादेन निर्वाचित भएका छन् ।
शनिबार ललितपुरमा अवस्थित किरात याक्थुङ चुम्लुङ हिममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैराज्ञी कईलाको प्रमुख आतिथ्यमा सम्पन्न फक्ताङलुङ साँस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशनबाट मोहन मादेनको अध्यक्षतामा १४ सदस्यीय समिति निर्वाचित भएका हुन् ।
नव निर्वाचित उपाध्यक्षमा तारा थेबे, जेपि नेम्बाङ र कञ्चन थलङ महासचिवमा दिपा सुहाङ, सचिवमा सम्भु फोम्बो र गंगा फियाक, कोषाध्यक्षमा नरेश वनेम र सह–कोषाध्यक्षमा पुष्पाञ्जली तिलिङ चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा राजेन्द्र केरुङ, उदय बेघा, तानाम तान्छो लावती, लेखनाथ चेम्जोङ, इन्दिरा नेम्बाङ, बिमला इवारम, गगन प्रकाश लावती र राज खिम्दिङ निर्वाचित भएका छन् ।
किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, मुन्धुमविद तथा साहित्यकार येहाङ लाओती, मुन्धुमविद तथा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङ, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङ र याक्थुङ लेखक संघ नेवाला अध्यक्ष सनि लिम्बू लगायत दर्जनौ कलाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
फक्ताङलुङ साँस्कृतिक मञ्चको संघीय अध्यक्ष यादन सेर्मा ‘नुनाम’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कञ्चन थलङ र स्वागत मन्तव्य दीपा सुहाङले गरेकी थिए ।
तस्विर : कृष्ण थलङ