भारतमा कोरोना संक्रमणबाट एकै दिन ३७ सय बढीको मृत्यु - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा कोरोना संक्रमणबाट एकै दिन ३७ सय बढीको मृत्यु


एजेन्सी । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । अघिल्ला दिनहरुको तुलनामा कोरोना संक्रमण र मृत्यु दर केही घटेको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ लाख ९९ हजार २ सय ९६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा २ लाख ४३ हजार ७७७ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार भारतमा कुल संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ ।

अहिले भारतमा पनि २८ लाख ११ हजार २७ जना सक्रिय संक्रमित रहेका छन । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६४ जनाले ज्यान गुमाएका छन । ब्राजिलमा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार २ सय ९१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७१ हजार २ सय ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन । ब्राजिलमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १ करोड ६० लाख ४७ हजार ४ सय नाघेको छ ।

सम्बन्धित खवर