इलाममा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टि


इलाम । इलाममा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै इलाममा संक्रमितको संख्या ७ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा १९ जना, माइ नगरपालिकामा १४, रोङ गाउँपालिकामा १२ जना र सूर्योदय नगरपालिकामा ४, देउमाई नगरपालिमा २ जना र माइजोगमाई गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

इलाममा हालसम्म १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

सम्बन्धित खवर