पान्थर फाल्गुनन्दमा मृत्यु हुने एक पुरुषको कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, साउन ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थर फाल्गुनन्दमा मृत्यु हुने एक पुरुषको कोरोना संक्रमण पुष्टि


पान्थर । पान्थर फाल्गुनन्द गाउँपालिका वडा ३ राँके निवासी एक पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान ११ बजेर ३० मिनेटमा ६४ वर्षिय वृद्धको आफ्नै घरमा निधन भएको खबर पाए लगत्तै कोरोनाको शंका गरि स्वास्थ्यकर्मीबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए ।

गत जेठ ९ गते राँकेमा एन्टिजेन परिक्षण गर्दा तीन महिला र छ पुरुष गरि जम्मा नौ संक्रमित पुष्टि भएका मध्ये मृतकका छोरा बुहारी र श्रीमती समेतको रिपोर्ट पोजेटिभ देखिएको थियोे । त्यस समयमा उनको परिक्षण नभएको जनाइएको छ ।

हाल सम्म फाल्गुनन्द गाउँपालिकामा २० जना संक्रमित छन् ।

 

सम्बन्धित खवर