झापाका सञ्चारकर्मीहरूलाई पत्रकार महासंघ झापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाका सञ्चारकर्मीहरूलाई पत्रकार महासंघ झापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

झापा । झापाका सञ्चारकर्मीहरूलाई नेपाल पत्रकार महासंघ झापा शाखाले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वको टोलीले भूगोलका हिसाबले विभिन्न क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई स्थलगतरुपमै स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासंघ झापाले जिल्ला सहकारी संघ झापा तथा प्रदेश १ पत्रकार महासंघको सहकार्यमा जुटाएको सेनिटाइजर, मास्क, ज्वरो नाप्ने डिजिटल थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री पत्रकारको स्वास्थ्य सुरक्षाका लागि प्रदान गरेको हो ।

महासंघले झापाको दमक, कन्काई, बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर, भद्रपुर क्षेत्रका पत्रकारहरूका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

महासंघ झापा अध्यक्ष गिरीले झापाका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि दातासित सहकार्य गरी प्राथमिक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए ।

 

सम्बन्धित खवर