इलाममा पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित थपिए - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित थपिए


इलाम । इलाममा पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

योसंगै इलाममा संक्रमितको संख्या ९ सय ५३ पुगेको छ । यसरीनै मृत्यू हुनेको संख्या २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सूर्योदय नगरपालिकामा ५७ जना, इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ५ जना, माइजोगमाई गाउँपालिकामा १३ जना, माई नगरपालिका ४ जना, चुलाचुली गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सम्बन्धित खवर