इलामको सोयाकमा ट्रकको ठक्करबाट ८६ वर्षिय बृद्धको मृत्यु - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको सोयाकमा ट्रकको ठक्करबाट ८६ वर्षिय बृद्धको मृत्यु


इलाम । इलामको सोयाकमा ट्रकको ठक्करबाट स्थानीय एक वृद्धको ज्यान गएको छ ।

मंगलबार विहान ८ः३० बजे बिर्तामोडवाट मंगलबारे तर्फ खाध्यान्न बोकेर गएको ना २ ख ९२०५ नम्बरको ट्रकले ईलाम नगरपालिका–११ सोयाक कार्तिकेका ८६ बर्षिय पदम बहादुर तामाङलाई ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको हो ।

ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाईएको छ । यसैविच पैदलयात्री तामाङलाई ट्रक चालकको लापरबाहीका कारण ज्यान गएको भन्दै मृतक आफन्त र परिवारका सदस्यले क्षतिपुर्ति नदिए सम्म सडकबाट लास उठाउने नदिने वताएको छ ।

 

सम्बन्धित खवर