कोभिड–१९ नियन्त्रण तथा उपचारमा आवश्यक स्वास्थ्य सामग्री इलाम आइपुग्यो - Mangsebung News
  • आइतबार, बैशाख ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोभिड–१९ नियन्त्रण तथा उपचारमा आवश्यक स्वास्थ्य सामग्री इलाम आइपुग्यो

इलाम । इलाम जिल्लामा कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि आवशयक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु स्वास्थ्य कार्यालय इलाममा आइपुगेको छ ।

आज (मंगलबार) कोभिड–१९ नियन्त्रण, व्यवस्थापन तथा विरामीको उपचारमा आवशयक सामग्री आएको हो । सो सामग्रीहरु स्वास्थ्य कार्यालय मार्फत जिल्लाका सबै क्षेत्रमा वितरण गरिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको सामग्रीहरुमा माक्स एक लाख थान, पीपीई सेट चार सय थान, एन्टिजिन किट तीन सय थान, केएन ९५ मास्क २५ सय थान, अक्सिमिटर २५ थन, पारासिटामोल १० हजार थान, जीङ्ग सल्फेट पाँच हजार थान, हेन्ड सेनिटाइजर पाँच सय एमएलको दुई सय थान रहेको छ ।

उक्त सामग्री प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन बिमल बराललाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक नबिनराज राई र इलाम नगरपालिकाका प्रवक्ता ठाकूर नारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर