इलाममा ८९ जना संक्रमित थपिए, संक्रमितको संख्या हजार नाघ्यो - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा ८९ जना संक्रमित थपिए, संक्रमितको संख्या हजार नाघ्यो


इलाम । इलाममा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यससँगै इलाममा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८६ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा माङसेबुङ गाउँपालकामा ३९ जना, चुलाचुली गाउँपालिकामा १७ जना, इलाम नगरपालिकामा ११ जना, माइजोगमाई गाउँपालिकामा ७ जना, माई नगरपालिकामा ४, सूर्योदय नगरपालिकामा ९ जना र देउमाई नगरपालिमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर