इलाममा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

माङसेबुङ । इलाममा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । इलाममा हालसम्म २६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

यस सँगै इलाममा संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा माइजोगमाई गाउँपालिकामा २१ जना, चुलाचुली गाउँपालिकामा १ जना, इलाम नगरपालिकामा ८ जना, माई नगरपालिकामा ४, सूर्योदय नगरपालिकामा २ जना र देउमाई नगरपालिमा २ जना, फाकफोकथुममा २ जना र सन्दकुपुर गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर