पाँचथरको कुम्मायक गाउँपालिकाद्वारा कोरोना परिक्षणमा तिब्र - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरको कुम्मायक गाउँपालिकाद्वारा कोरोना परिक्षणमा तिब्र

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण उच्च रूपमा फैलिन थालेपछि कोरोना परिक्षणमा तिब्रता दिइएको छ ।

गाउपालिकाले एन्टिजेन बिधिबाट हालसम्म ३१३ जनाको परिक्षण गर्दा ४८ जनामा पोजेटिभ पुष्ठि भएको जनाइएको छ ।

गाउपालिकाको वडा नम्बर १ अन्तर्गतको सिम्लेमा कोरोना भाइरसको संक्रमण फेला परेपछि सबै वडामा परिक्षणको दायरा बढाइएको गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

गाउँ गाउँमा संक्रमितको सङ्ख्या बढेपनी हालसम्म बिरामिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अध्यक्ष चेम्जोङ्को भनाइ छ ।

केही संक्रमित ब्यक्तिहरु होमआइसोलेशनमा नै रहेका छन् । पाँच वडा रहेको गाउपालिकामा १,२,४ र ५ नम्बर वडामा एन्टिजेन विधि बाट कोरोना भाइरसको लक्षण देखिएका ब्यक्तिलाई परिक्षण गरिसकेको छ भने वडा नम्बर ३ का नागरिकलाइ पनि जेठ २० गते स्वास्थ परिक्षण गरिने वडाअध्यक्ष राम गजुरेलले जानकारी दिए ।

गाउपालिकाको केन्द्र यासोक बजारमा जटिल परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा थप कडाइ गरिएको छ ।

सम्बन्धित खवर