बिहीबार इलाममा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहीबार इलाममा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


इलाम । इलाममा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या १ हजार २ सय १ पुगेको छ ।

इलाममा बिहिबार कोरोना भाइरस संक्रमितको संख्या १ हजार २ सय १ पुगेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

पछिल्लो २४ घण्टामा माङसेबुङ गाउँपालिकामा सबैभन्दा बढी २४ जना, चुलाचुली गाउँपालिकामा ४ जना, माई नगरपालिकामा १७ जना, इलाम नगरपालिकामा १० जना, रोङ गाउँपालिकामा ९ जना, सूर्योदय नगरपालिकामा २ जना र देउमाई नगरपालिमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा हालसम्म २६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

सम्बन्धित खवर