झापामा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो

झापा । झापामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । यसअघिको निषेधाज्ञा आज(बिहिबार) रातिदेखि सकिंदै गर्दा महिनाभर जेठ ३१ गतेसम्म थप्ने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहिबार वसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको बैठकमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख, पालिका प्रमुखलाई समेत आमन्त्रण गरेको थियो ।

झापामा बैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । झापामा कोरोना भाइरसको संक्रमणको दर उच्च रहेको छ ।

बैठकले खाद्यान्न पसल हप्तामा २ दिन विहान ६ वजेदेखि ९ वजेसम्म खोल्न दिने सहमति भएको जनाएको छ ।

 

सम्बन्धित खवर