इलाममा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्वियो - Mangsebung News
  • आइतबार, बैशाख ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्वियो

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले पुनः जेठ ३१ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

प्रशासनले शुक्रबार आदेश जारी गर्दै जेठ ३१ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्लामा तीब्र गतिमा फैलिंदै गरेको कोभिड–१९ को विस्तार रोक्न विगतमा गरिएका प्रशासनिक, स्वास्थ्य सुरक्षा समेतका समन्वयात्मक प्रयासका बाबजुद हाल संक्रिय संक्रमितको संख्या नौं सयको हाराहारीमा रहेकाले जनस्वास्थ्यमा पर्ने गम्भीर असरलाई ध्यानमा राखी निषेधाज्ञाको समय थप गरिएको प्रशासनले जनाएको छ ।

बैंशाख २८ गतेदेखि जारी गरिएको निषेधाज्ञा प्रशासनले यसअघि जेठ १२ गतेराती १२ बजेदेखि निषेधाज्ञाको समय जेठ २२ गतेसम्म थपेको थियो ।

 

सम्बन्धित खवर