कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर बढ्दो मात्रामा रहेको छ ।

कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट गाउँपालिका द्वारा आज गरिएको एन्टिजेन बिधिबाट २२ जनाको स्वाव परिक्षण गरिएको थियो । सोही परिक्षणमा थप ३ जनामा पोजेटिभ देखिएको छ । योसँगै कुम्मायक गाउँपालिकामा संक्रमितको सङख्या जम्मा ५६ जना पुगेको छ ।

कोरोना भाइरसको संक्रमण सँग पौठेजोरी खेल्दै होम आइसोलेसनमा रहेका संक्रमित ३ जना ब्यक्तिको थप परिक्षण गर्दा नेगेटिभ रिपोर्ट रहेको जनाइएको छ । योसँगै गाउँपालिकामा निको हुनेको सङख्या १४ जना रहेको कुरा स्वास्थ्य शाखा प्रमुख केदार खड्काले बताएको छ ।

हालसम्म संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको पनि वहाँले जनाइएको छ ।

 

सम्बन्धित खवर