सन्दकपुरमा विषालु जंगली च्याउँ खादा चार जना विरामी - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दकपुरमा विषालु जंगली च्याउँ खादा चार जना विरामी


इलाम । विषालु जंगली च्याउ खाएर सन्दकपुर गाउँपालिका वडा नं. १ छाँगेका चार जना विरामी भएका छन् ।

शनिबार दिउँसो जंगली च्याउ खाएर छाँगेका जीतबहादुर राई, टीका बहादुर राई, ऋतु राई र उनकी श्रीमती विष्णुमाया राई विरामी भएको सन्दकपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राईले बताए ।

चार जना मध्ये जीतबहादुर र टीकाबहादुरको अवस्था गम्भीर भएकोले विर्तामोडस्थित विएण्सीमा लगिएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको वडाध्यक्ष राईले बताए ।

ऋतु र उनको श्रीमती विष्णुमायालाई भने घरमै च्याउले मातेको अवस्थामा भेटिएपछि स्याम्पुहरु खुवाएर वान्ता गराइएको अध्यक्ष राईले बताए ।

सम्बन्धित खवर