आजबाट सुरु हुँदै प्रदेश १ को बजेट अधिवेशन - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजबाट सुरु हुँदै प्रदेश १ को बजेट अधिवेशन

माङसेबुङ प्रदेश १ को बजेट अधिवेशन आजबाट (सोमबार) सुरु हुँदैछ ।

आज(सोमबार) दिउँसो २ बजे सुरु हुने आठौं बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेट पेश हुने कार्यसूची रहेको छ ।

पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ ।

गत वैशाख ५ गते प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन प्रमुख विपक्षी दलको अवरोधबीच टुंगिएको थियो ।

 

सम्बन्धित खवर