इलामका ४ हजार ४ सय ३१ जनालाई भेरोसेल खोप लगाइने - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामका ४ हजार ४ सय ३१ जनालाई भेरोसेल खोप लगाइने

माङसेबुङ / इलाममा निश्चित उमेर समूहकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भेरोसेल लगाइने भएको छ ।

भोलि (मंगलबार) देखि २०१४ साल बैंशाख १ गतेदेखि २०१६ साल बैंशाख १ गते जन्म मिति भएका ४ हजार ४ सय ३१ जनालाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

इलाम नगरपालिकाले स्वास्थ्य केन्द्रहरु मार्फत भोलिदेखि तीन दिनसम्म खोप लगाउने स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताए ।

बालबालिकाहरुको खोप पनि चलिरहेकाले समय मिलाएर सबै पालिकाहरुमा पनि जेठ २५ देखि २७ गते तीन दिनमा खोप लगाइने फोकल पर्सन बरालले बताए ।

सम्बन्धित खवर