३५ सय सुन कागतीको विरुवा इनपा ४ का किसानलाई वितरण - Mangsebung News
  • आइतबार, बैशाख ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

३५ सय सुन कागतीको विरुवा इनपा ४ का किसानलाई वितरण

इलाम । करिब ३५ सय सुन कागतीको विरुवा इलाम नगरपालिका वडा नं. ४ का दुई सय भन्दा बढी किसानहरुलाई निशुल्क रुपमा वितरण गरिएको छ ।

वडा कार्यालयको कृषि कार्यक्रम अन्र्तगत इलाम नगरपालिका वडा नं. ४ पुवाखोलास्थित नोराङ्ग खोला नर्सरी फर्मको अनुदान र वडा कार्यालयको संयोजनमा विरुवा वितरण गरिएको हो ।

स्थानीय जातको कागतीसँग हावापानी मिल्दो किसिमले क्रस गरि नर्सरी गरिएको सुन कागतीले विरुवा रोपण गरेको ३ वर्ष भित्रै उत्पादन दिने नर्सरीका संचालक पारस काफ्लेले बताए ।

सुन जस्तै पहेलो रंगमा फल्ने यस कागतीमा प्रचुर मात्रामा रस हुने, ठुलो आकारमा फल्ने यस कागतीको विशेषता रहेको छ ।

यसैगरि आफ्नो वडाका कृषकहरुलाई व्यसायिक बनाउनको लागि कृषि कार्यक्रम अन्र्तगत गहुँ, मकैं तथा तोरीको बिऊ, किवी, कफि लगायतका विरुवा, बोयर जातको बाख्रा वितरण, माछा पोखरी निर्माण जस्ता कार्यहरु वर्षेनी गरिरहेको वडाध्यक्ष नुतनदेव दुलालले बताए ।

यस्तै भौतिक निर्माणको कार्य तर्फ ४० किलोमिटर सडकको ट्रयाक खन्ने कार्य समेत गरिएको वडाध्यक्ष दुलालले बताए ।

सम्बन्धित खवर