पाँचथरमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरियो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरियो

  • सुबास केरुङ ‘नुनाम’

पाँचथर । पाँचथरमा निषेधाज्ञा पुनः चौथो पटक थप गरिएको छ ।

सोमबार बसेको बैठकले पुन थप गरिएको जिल्ला प्रशासन कार्यलयले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

संकट ब्यवस्थापन सम्बन्धमा ब्यावस्था गर्न बनेको आध्यादेश २०७८ बमोजिम जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरि मिति २०७८ जेठ २४ गते बाट पुन थप गरि जेठ ३१ गते मध्यराती १२ बजे सम्म पाँचथर जिल्ला भरी लागू हुने गरि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सरकारी, सार्वजनिक कार्यलय तथा बैंक बित्तीय संस्था लगायत लाई भने हप्तामा दुई पटक ( सोमबार र बिहिबार) बिहान ११ देखि २ बजे सम्म संचालन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरि बिबाह र मृत्यु संस्कारको लागि बढिमा १० जना र प्रशासनको अनुमतिपत्र लिएर मात्र गर्न पाइने छ साथै पसल तथा खाद्यान्नको सवालमा बिहान ५ देखि ९ बजेसम्म खोल्ने व्यहोरा विज्ञप्तिमा उल्लेख छ । यसैगरी सवारी साधनको सम्बन्धमा अत्यावश्यक (एम्बुलेन्स सव–बहन) बाहेक पूर्ण निषेध गरिएको छ ।

पाँचथरका सबै स्थानीय जनप्रतिनिधिहरु स्थानिय निकाय लगायतले यस निषेधाज्ञालाई केही खोकुलो पार्नु पर्नेमा जोड दिइ रहेका छन् ।

यस सन्दर्भमा पाँचथरका मानव अधिकारकर्मी मंगल बेघा भन्नु हुन्छ ‘विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोकथामका लागि गरिएको निषेधाज्ञाले मजदुर तथा बिपन्न बर्गहरुमा जिबिकोपार्जनको लागि ठूलो समस्या रहेको छ, यस बिषयमा सरकार, राज्य र स्थानीय सरकारले समाधानको उपायबारे ध्यान दिनु पर्ने देखिन्छ ।’

कोभिड–१९ को महामारी संगै निषेधाज्ञा भएको तीन साता बितिसक्दा पाँचथरको खाद्यान्न र आवश्यक सामग्रीको ब्यवस्थापन र परिपूर्तिको सन्दर्भमा उपभोक्ताहरुले सदा झै किनमेल गर्ने ठाउँ सम्म आवश्यक खाद्यान्न ल्याई दिने र जिल्ला बाहिर बाट आएका मालबाहक साधन लगायतलाई सहजीकरणको भूमिका निभाउदै आवश्यक व्यावस्थापनमा जोड दिएको उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले बताए ।

उनले यस महामारीलाई पूर्ण परास्त पार्न आ–आफ्नो ठाउँबाट नियम पालना गर्न पनि अनुरोध गरे ।

सम्बन्धित खवर